• २०८१ चैत्र १२ गते बुधवार

सल्लाको रुखमा भेटियो बालिकाको शव

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, मुगु । मुगुमा एक जना बालिकाको शव सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको खत्याड गाउपालिका वडा नं ४ बस्ने अन्दाजि वर्ष १२ कि ईशारा थापा घर नजिकैको ५ सय मिटर पर एक सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार बैशाख १६ गते विहान ८ बजे घर बाट बेर्नामा छर्नको लागि सल्लाको डाड सहितको झुप्रा ल्याउन हिडेकि मृत थापा त्यस पश्चात एक घण्टा पछि करिब ९ बजे तिर एक स्थानीयले सल्लाको रुखमा झुण्डिएको अवस्थामा देखेपछि नजिकै रहेको खत्याडमा रहेको अस्थायि प्रहरी चौकि माथचौर लाई खवर पाए पछि प्रहरी घटना स्थलमा पुगि घटनाको मुचुल्का गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल ठिनिमा ल्याईएको छ ।

घटनाको विस्तृत अनुसन्धान प्रहरीले प्रक्रिया अगाडी बढाईरहेको छ । घटना अनुसन्धानमै भईरहेको हुदा के कारणले मृत्यु भएको हो भन्न नसकिने र तथ्य जानकारी लिन प्रहरी खटिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक चित्र बहादुर भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस