• २०८१ फाल्गुन ७ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महतोले ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस