वैशाख १७ , काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् पूर्वरानी कोमल शाहको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।
उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । आज पनि हिजोको जस्तै ‘हाई फ्लो’ अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि अक्सिजनको सामान्य सपोर्टमा छन् ।