• २०८१ चैत्र १० गते सोमवार

कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका –८ का ४५ वर्षीय पुरुष र शुक्रबार बिहान लम्की चुहा नगरपालिकाका ४३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

धनगढी –८ का संक्रमित वैशाख १५ गते अस्पतालमा भर्ना भएका थिए भने लम्की चुहाका संक्रमित वैशाख ७ गतेदेखि उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस