बैशाख १७, पर्सा । पर्साको कालीकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ । शुक्रबार बिहान साढे दुई बजे उहाँबो निधन भएको हो ।
केहीदिन अघिदेखि रुघाखोकी र ज्वरो आएकाले घरमै उपचार गराइरहेका अध्यक्ष कुशवाहको बिहान साढे दुई बजे निधन भएको उपाध्यक्ष राजेश कुमार चौरसियाले जानकारी दिनुभयो ।