पौष १४, नवलपरासी । पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसोमा बर्दघाट नगरपालिका वडा नं। ८ भौताहा भानुनगर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणबाट तर्फ जादै गरेको बा ७ च ४९९ नम्बरको पिकअपले पैदल यात्रीलाई ठक्कर दिदा सोही ठाउँ बस्ने वर्ष ५१ की सपना कुवरको मृत्यु भएको हो ।
पिकअपले ठक्कर दिदा घाइते भई उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने पिकअप र पिकअप चालक रामग्राम नगरपालिका वडा नं। ०२ परासी बस्ने वर्ष २५ को संतोष कुमार भर अहिले ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।