पौष १४, झापा । झापाको झापा गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचि चालकको मृत्यू भएको छ । मृत्यु हुनेमा चालक झापा गाउँपालिका–४ का २२ बर्षिय सुनिल हेमरन रहेका छन् ।
मंगलबार दिउँसो २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टि दुर्घटना हुँदा चालकलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृत्यू भएको हो । मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाईएको प्रहरिले जनाएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।