• २०८० फाल्गुन १२ गते शनिवार

सर्बियामा चिनियाँ निर्माणस्थल भियननामीहरु दास श्रमिकको रुपमा प्रयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १३, लाओस। ‘खाना छैन, बिजुली छैन,’ भियतनामी कामदार भन्छन् । उनीहरुले अंग्रेजीमा बताउनसक्ने कुरामात्र हो, यो । तर, उनीहरुको पीडा व्यक्त गरिएभन्दा पनि कयौं गुणा बढी छ।

सर्बियाली मिडियाले धेरै दिनदेखि उनीहरूको काम र उनीहरुलाई कसरी चिनियाँ कम्पनीहरुले काममा लगाइरहेको छन् भन्ने कुराको रिपोर्टिङ गरिरहेका छन् । यो एक राजनीतिक मुद्दा बन्ने खतरा पनि रहेको छ। महिनौंदेखि सुदूर पूर्वका मजदुरहरू बाल्कन देशको उत्तरमा पर्ने सहर जेरेन्जानिन नजिकैको साइटमा काम गरिरहेका छन्। चिनियाँ कार टायर उत्पादक लिंग्लोङ टायरले त्यहाँको ग्रीनफिल्ड साइटमा ठूलो कारखाना निर्माण गरिरहेको छ ।

लिलोङले साइटमा करिब ९०० मिलियन अमेरिकी डलर बराबर लगानी गर्ने योजना बनाएको छ। यो सर्बियाको लागि वित्तीय रेकर्ड प्रतिबद्धता हो । र, जब उत्पादन सुरु हुन्छ, कारखानाले १,००० भन्दा बढी मानिसहरूलाई रोजगारी दिनेछ। तर चीन र सर्बिया बीचको बलियो मित्रताको कथा र नयाँ सिल्क रोडको ठूलो अवसर सर्बियाको निर्माण स्थलमा दासजस्तो काम गर्ने भियतनामीहरुको अवस्थाले थप कलंकित गरेको छ ।

यो डरलाग्दो छ । त्यहाँका मानिसहरूलाई स्वास्थ्योपचारका लागि कुनै सुविधा उपलब्ध छैन, भियतनामी मजदुरहरूको जीवन र कामको अवस्थाको बारेमा रिपोर्ट गर्ने पहिलो खोज पत्रकार इभाना गोर्डिक भन्छिन् । केबल च्यानलको फुटेजले शहरको बाहिरी भागमा जीर्ण अवस्थाहरू देखाउँछ । तिनीहरू सुत्ने ठाउँ एक भीडभाड जेलहरूमाभन्दा निकै खराब अवस्थाको छ ।

प्रतिक्रिया दिनुहोस