मंसिर १३, चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो ।
त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । सोमबार सामाजिक सन्जालमा पूर्वमन्त्री पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।
नेता पण्डितले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्री सदस्यमा राखेकाले अस्वीकार गरेको बताए ।