• २०८१ जेष्ठ ३१ गते बिहिवार

तराई मधेशको विकासविना राष्ट्र समृद्ध बनाउन नसकिने : मन्त्री पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, पर्सा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले वर्तमान सरकारको पहिलो उद्देश्य नै मुलुकको विकास र समृद्धि रहेको बताउनुभएको छ । उहाँले अधिकार प्राप्तिका क्षेत्रमा अहिले पनि केही काम गर्न बाँकी भए पनि तत्कालको अवश्यक्ता भने मुलुकको विकास र समृद्धि भएको बताउनुभयो ।

वीरगञ्जबाट प्रसारित हुने सामुदायिक रेडियो नारायणी एफएमको १६औँ वार्षीकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपालको समग्र विकासका लागि तराई मधेशको विकास अपरिहार्य भएको बताउनुभयो । उहाँले समृद्धिको प्रचुर सम्भावना रहेको देशकै सबैभन्दा बढी उर्वर भूमि र छिमेकी राष्ट्रसम्मको पहुँच भएको मधेशका भू–भागमा जबसम्म विकास र समृद्धका नयाँ मार्गचित्र कोरिँदैन तबसम्म समुचित राष्ट्रको विकास सम्भावना हुन नसक्ने बताउनुभयो ।

उहाँले बेमौसमी वर्षाका कारण कृषि बालीमा भएको क्षतिलाई पूर्ति गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको र कोरोना तथा भूकम्पका बेला भएको क्षतिलाई उचितरूपमा पूर्ति गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस