• २०८१ चैत्र १० गते सोमवार

ओलीले ८ बुँदे कार्यान्वयन अगाडि बढाएपछि प्रभु साह एमालेमा सक्रिय, केन्द्रीय कमिटी बैठकमा पनि सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

कात्तिक १२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रभु साहका मागहरु सम्बोधन गरेर कार्यान्वयमा अगाडि बढेपछि साह एमाले सक्रिय हुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटनपछि एमाले रोजेका साहले नेकपाकै निरन्तरताको रुपमा एमाले हुनुपर्नेलगायतका ८ बुँदे माग राखेका थिए ।

माग सम्बोधन भए मात्र एमाले स्वीकार्न सकिने बताउदै आएका साहको मागहरु क्रमश: कार्यान्वयन हुन थालेपछि उनी आज एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी समेत भएका छन् । ओलीले विधान अधिवेशनको सार्वजनिक मञ्चबाट एमाले नेकपाको निरन्तरता रहेको बताएका थिए र पार्टीको राजनीतिक दस्तावेजमै समावेश गरेर साहको माग पुरा गरेका छन् । पार्टीको छाप समेत साविक नेकपाकै निरन्तरता दिनुले समेत उनको मागलाई थप कार्यान्वयन गरेको पुष्टि हुन्छ ।

साविक माओवादीका नेताहरुको हैसियत बमोजिम समायोजन गर्नुपर्ने साहको मागलाई सम्बोधन गर्दै उनकै सिफारिसमा ओलीले कुन्दन कुश्वाहा र मोहम्मद समीरलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका हुन् । दुई जना केन्द्रीय सदस्यले आज साहसमेत उपस्थित रहेको एमाले केन्द्रीय कमिटी बैठकमै सपथ ग्रहण गरेका थिए । ओलीले बाँकी मागहरु पनि क्रमश: पुरा गर्दै जाने प्रतिबद्धता जनाएपछि पछि साह एमालेमै सक्रिय हुने उनीनिकट एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस