कात्तिक १२, दोहा । प्रधानमन्त्री शेरबहादुर देउवा कतारको राजधानी दोहा आइपुग्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन शुक्रबार बेलायतका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवा दोहामा ट्रान्जिटमा रोकिनुभएको हो ।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवा र प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपालका लागि कतारका कार्यवाहक राजदूत लक्ष्मण खनाल, कतारी परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारी र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभएको थियो ।
स्थानीय समय अनुसार दिउँसो १ बजे आएको प्रधानमन्त्री नेतृत्वको टोली दिउँसो ३:१० मा लन्डन प्रस्थान गर्ने कार्यक्रम छ । कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।