• २०८१ फाल्गुन ७ गते बुधवार

सत्ता गठबन्धनको बैठक भोलि बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३,काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धनको बैठक डाकेका छन् । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेट गरेपछि बिहीबारका लागि बैठक डाकेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धनको बैठक भोलि बिहानका लागि बोलाइएको छ । भोलि सम्भवत मन्त्रालयको भागवण्डाको टुंगो लाग्छ । भोलि मन्त्रालयको भागवण्डा मिले पनि भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम छ ।

गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकले अध्यादेश खारेजी गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो । त्यही समझदारीका आधारमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गर्यो । तर, त्यसयता सत्तागठबन्धन बैठक बस्न सकेका छैन । तयारी अनुरुप काम हुन नसक्दा सत्ता गठबन्धनबीच मन्त्रालयको भागवण्डा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस