• २०८१ जेष्ठ ३१ गते बिहिवार

सवारी चालक उन्नत तालिम समापन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित १५ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम आइतबार समापन भएको छ । तालिम समापनका अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँले सवारी साधनमा आईपर्न सक्ने यान्त्रिक समस्याको तत्काल समाधान गर्न तालिममा प्रदान गरिएका प्राविधिक सीपले सहयोग पुर्‍याउने बताउनुभयो । जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान २४ जना गरी कुल ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस