• २०८३ जेष्ठ १० गते आइतवार

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, १४ काठमाडौं। विश्व भरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य सम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।

पछिल्लो हप्ता दैनिक विश्व भरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस