असार १५, मुगु । मुगुको पश्चिम खत्याड गाउपालिका– ८ मा रहेको आमगाउँका स्थानिय यो बर्ष रोपाइबाट बन्चीत भएका छन् । उनिहरुको मानो रोपेर मुरी फल्ने सपना चुडीएको छ । बर्ष भरी हात मुख कसरी जोड्ने भन्ने पिरमा सिङ्गो गाउँ चिन्तामा छ ।
लगातारको बर्षाद र बाउपानी झुगोला जोड्ने सडकको नुवाखेत खण्डमा जथाभावी डोजर प्रयोग गरीदा सिचाइ कूलोमा गयको ठूलो पहिरोले करीब २ सय मिटर बढी कुलो पूर्ण रुपमा पुरीदा यस बर्ष रोपाई नहुने भएको हो । हरेक बर्ष जेठ १५ गते धानको बेर्ना राखेर आसार १५ मा रोपाइ सुरु गरिने यस गाउँमा यस बर्ष भने खोलामा भिजाइयको धानको बिउ समेत सिचाइ कूलो पहिरोमा पुरीयकै कारण स्थानियले चिउरा कुटेर खाएका छन् भने कसैले बाझो खेतमा छरेका छन् । बिगतका बर्षमा असार १५ कै दिन रोपाइ सुरु हुने यस गाउँमा यो बर्ष भने पुरै खेतहरु पाखो जमीन जस्तै बनेकोछ ।
“एका तिर धान रोप्ने खेत पाखोमा परिणत भए, भने अर्को तिर खेत रोप्नको लागि घरमा राखियको धान समेत बिउको लागि पानीमा भिजायर खेर गए, स्थानिय अमरसिंह बिकले भने, न त रोपाइ भयो न धानै रहे । एकातिर बेला बेला आयको भारी बर्षा र अर्को तिर कूलो भन्दा माथी तिर रहेको खत्याड बाउपानी–झुगोला जोड्ने सडक डोजरले जथाभावी काटेका कारण सिचाइ कूलोमा लगातार पहिरो जादा स्थानियले महीनौसम्म मर्मत गर्दा पनि कूलोमा पानी निकास गर्न नसकेको स्थानिय राम बहादुर बिकले बताए ।
गाउँलेले दैनिक कूलो बनाउदै जाने माथीबाट पहिरो थपीने अवस्थाले कुलोमा पानी आउन सकेन, उनले भने । अब त रोपाइ नहुने पक्का भएपछि स्थानियले कूलोमा काम समेत गर्न छोडीसके, । ३४ घरधूरी रहेको यस गाउँका स्थानियको बर्ष भरीको खान पुग्ने खेतहरु पुरै धान नरोपेरै बाझो हूँदा के खाने कसरी बाच्ने भनेर स्थानिय चिन्तीत भयका छन् । रोपाइ हुने आशले कूलो मर्मतका लागि स्थानियले अनेक उपाय अप्नाय, खाना पानी नखाएर काममै खटिय बिभिन्न निकायमा हार गुहार गरे तर कूलो नबन्दा यतीबेला स्थानियले निरास भएर सुख्खा खेतमै धान छरेका छन् ।
ठाउँ ठाउँमा करीब २ सय मिटर बढी पहिरोले पुरीयर कूलोको नाम निसान मेटेको स्थानिय सम्पती कार्कीको भनाइ छ । हरेक बर्ष असार १५ गते रोपाइ दिवसको अवसर र यहाँका स्थानिय देवता धलपुराले दिएको साइत अनुसार रोपीने यस आम जिउलो यो बर्ष पाखोमा परिणत भएको उनले बताए