• २०८० मङ्सिर १२ गते मङ्गलवार

त्रिवेणीका अग्नीपीडितलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको आर्थिक सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

१५असार, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाका अग्नीपीडितलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक सहयोग गरेको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ६ का ३७ घर अग्नीपीडितलाई सेवा समाजले ४ लाख ३६ हजार सहयोग गरेको हो ।

वडा नम्बर २ का ३३ घर अग्नीपीडितलाई प्रति घर १२ हजार दरले ३ लाख ९६ हजार, वडा नम्बर ५र६ का ४ घर परिवारलाई प्रति घर १० हजारका दरले ४० हजार गरी ४ लाख ३६ हजार सहयोग हो ।

अग्नीपीडितहरुलाई आर्थिक समस्या परेको थाहा पाएपछि नगत सहयोग गरेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रेस सल्लाहकार डि।बी। बुढाथोकीले बताएका छन् ।

वडा ३र६ का चार घर अग्नीपीडितहरु कार्यक्रमा सभागि नभएकाले उनीहरुको रकम समाजका केन्द्रीय अध्यक्ष सन्दिप थापाले राखिदिएको उनले बताए ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष सन्दिप थापाको अध्यक्षता र त्रिवेणि गाउँपालिका वडा नं‍‍. २ का वडाअध्यक्ष कबिराज बुढामगरको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा समाजका आर्थिक संयोजक डिलाराम वली, समाजको मलेसिया शाखाका प्रमुख सल्लाहकार टोप बहादुर पुन, समाजका कतार शाखाका सह–प्रवक्ता तिलक केसी, समाजका केन्द्रीय प्रेस सल्लाहकार डि. बि. बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।

गत वैशाख १३ गतेदेखि वैशाख १६ गतेसम्म लगातार लागेको आगो जंगल हुँदै बस्तिमा पसेपछि ३७ वटा घर र दर्जन बढि गोठहरु पुर्ण रुपमा जलेर नष्ट भएका थिए।

अग्निपिडितहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले आर्थिक तथा जिन्सि सहयोगहरु गरिरहेका छन्।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कबिराज बुढाले विपतको बेला अग्निपिडितलाई आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई धन्यवाद ज्ञापन गर्दै परदेशमा बसेर आफ्फ्नो भूमिको माया गर्ने र राहत पठाउने रोल्पाली युवाको चर्चा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस