असार १५, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले आईलिग फ्यान अफ दि सिजन अवार्ड जितेका छन् ।भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले आईलिग फ्यान अफ दि सिजन अवार्ड प्राप्त गरेको जनाएको छ ।
किरणले पन्जाब एफसीबाट आईलिग खेलेका थिए । उनले १४ खेलमा ७ क्लिन सिट हात पारेका थिए । यस्तै किरणले विपक्षीको ५६ सट रोकेका थिए ।किरण आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरेका थिए । आईलिगको उपाधि भने गोकुलम केरेलाले जितेको थियो ।