• २०८१ जेष्ठ ३१ गते बिहिवार

एन्टिजिन किटबारे एमाले रामेछापको धारणा सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

जेठ १५, रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछाप मार्फत एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रत्नप्रसाद गौतमले डिसिसिएमसी रामेछापका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तान्तरण गरिएको एन्टिजिन किटलाई लिएर जिल्लामा फैलिएको अफवाहको बारेमा नेकपा एमाले रामेछाप जिल्ला कमिटिले आफ्नो धारणा सार्वजनिक गरेको छ।

जिल्ला कमिटी नेकपा एमाले रामेछापलाई प्राप्त स्वास्थ्य सामाग्रीहरु पार्टी आफैले सिधै बितरण नगरी डिसिसिएमसीका संयोजक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला अस्पताल रामेछापका प्रतिनिधि समेतको उपस्तिथिमा हस्तान्तरण गरि जिल्ला प्रशासन बाटै बितरण गरेको थियो। SARS-COV-2, एन्टिजिन किटको बारेमा प्रमुख जिल्ला अधिकारीले नेपाल सरकार को सम्बन्धित निकायमा सुचिकृत हो कि हैन भनी चासो ब्यक्त गर्नुभएपछि सो Antigen kit को बिक्रेता श्री छवि ट्रेड कन्सर्न, काठमाडौलाई कागजात उपलब्ध गराउन एमाले रामेछापले आग्रह गरेको थियो । पार्टीको आग्रहपछी उक्त बिक्रेता कम्पनिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला को मिति २०७७ असाेज ०८ को र गुणस्तर मापन तथा नियमन शाखाको २०७८ जेठ १२ को एन्टिजिन किटसँग सम्बन्धित २ थान पत्रको प्रतिलिपी उपलब्ध गराएको थियोे।

प्राप्त पत्रहरुको प्रारम्भिक अध्ययन पश्चात् SARS- COV 2 एन्टिजिन र्‍यापिड टेष्ट किटको बारेमा बिक्रेता कम्पनि नै जवाफदेही हुनुपर्ने र प्रयोगको अनुमतीसँग सम्बन्धित कागजात उपलब्ध गराउने उक्त बिक्रेता कम्पनिले जनाएको हुँदा तत्कालै कुनै निर्णयमा पुग्नु वा ठिक / बेठिक भनीहाल्नु उचित नहुने रामेछाप जिल्ला कमिटी एमालेले जनाएको छ।

नेकपा(एमाले) रामेछाप जिल्ला कमिटीले आफ्नो पार्टी जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील रहेको कुरामा कुनै सङ्कोच नलिन आग्रह गरेको छ। उक्त र्‍यापिडको बारेमा प्रश्न उठेपछि प्रमुख जिल्ला अधिकारिलाई जानकारि गराई तत्काल एमाले नेता रत्न प्रसाद गौतमबाट मान्यता प्राप्त १००० थान Sure Status काेभिड १९ एन्टिजिन कार्ड टेष्ट किट जिल्ला प्रशासन कार्यलयलाई सहयोग स्वरुप उपलब्ध गराईसकिएको थियोे । कोरोनाको यस महामारिमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु दुविधाग्रस्त मनस्थितिमा प्रयोग गर्नु / हुनु राम्रो नहुने एमालेले प्रष्ट पारेको छ।

रामेछापवासिलाई देखाउनको लागि प्रचारबाजी गरेर सहयोग गरेको भान पार्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्ने ,त्यसबाट वाहवाही बटुल्ने र हस्तान्तरण गरिएका सामाग्री हरु कोरोना संक्रमित बिरामीको लागि प्रयोग हुनुको सट्टा थन्किएर बस्ने जस्ता प्रवृत्तिबाट नेपाली काङ्ग्रेस ,नेकपा माओवादी केन्द्र लगाएतका पार्टीहरु ग्रसित होलान तर एमाले त्यस किसिमको मानसिकताबाट मुक्त रहेको बुझ्न र एमालेलाई जोडेर हौवा फिजाउनतर्फ नलाग्न समेत जिल्ला कमिटीले अनुरोध गरेको छ। पार्टीबाट हस्तान्तरण गरिएका सबै स्वास्थ्य सामाग्रीहरु तत्काल प्रयोगमा आउनुपर्छ भन्ने मान्यतामा रहेर नै पुरानो एन्टिजिन किटको सट्टा नयाँ पठाईएको थियोे ।

SARS-2, COVIDकाेभिड एन्टिजिन किट नक्कली भनी केही सन्चारमाध्यमहरुमा प्रकाशित समाचारप्रती आफ्नो ध्यानाकर्षण भएको एमालेले जनाएको छ। समाचारहरु सतही र पूरा जानकारी नलिईकन प्रारम्भिक अध्ययन बिना नै प्रकाशित गरिएकाले ती सन्चारप्रति एमालेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

SARS -2 काेभिड एन्टिजिन किट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट २०७७ कात्तिक ०८ मा प्रयोगका लागि मान्यता पाएको , Eu-CE को मान्यता प्राप्त स्वास्थ्य सामाग्री हरु प्रयोग गर्न सकिने भनी २०७८ बैशाख ०६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन शाखाले स्वीकृत पत्र समेत दिएको तर एक पटक प्रयोगका लागि अनुमति प्राप्त भएपनी पटक पटक परिक्षण भई पुन सुचिकृत हुनुपर्नेमा हाल उक्त एन्टिजिन किट नेपाल सरकारको निकायमा सुचिकृत भएको नदेखिएको र सुचिकृतकालागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रक्रियामा अगाडि बढेको जानकारी छवि ट्रेडर्सले गराएको हुँदा नक्कली ख भनेर लगाईएको आरोप राजनितिक पुर्वाग्रहले गरिएको दुस्प्रचार, एमालेले जिल्लामा गरेको लोकप्रियताबाट अत्तालिएर गरिएको षड्यन्त्रको रुपमा एमालेले बुझेको छ।

SARS -2 , काेभिड एन्टिजिन किट मा नेकपा एमालेको लापरबाही , स्वास्थ्य सँग खेलबाड भनेर आरोप लगाई जुन दुस्प्रचार गरिएको छ , त्यसमा कुनै सत्यता छैन ।त्यो आरोप नेकपा एमाले र पार्टीका जनसंगठनहरुले रामेछापवासिका लागि अनवरत रुपमा जुन सेवा र सहयोग पुर्‍याईरहेका छन त्यसबाट आत्तिएर राजनितिक पुर्वाग्रहबाट प्रेरित भएर जिल्लाबासिलाई भ्रममा पार्न लगाईएको झुट्ठा लान्छना मात्र हो । एमाले रामेछापले कुनै पनि स्वास्थ्य सामाग्रीहरु सिधै बितरण गरेको छैन ।सबै सामाग्रीहरु जिल्ला प्रशासन कार्यलय मार्फत नै बितरण गरेको छ।जिल्ला प्रशासनले सबै सामाग्रीहरुको चेकजाँच गर्ने र त्यसपश्चताननै बितरण गर्नुपर्छ भन्ने हाम्रो पार्टी ठान्दछ र त्यसलाई हामी स्वागत पनि गर्दछौ ।स्वास्थ्यसम्बन्धी सामाग्रीहरुको गुणस्तरमापन गर्ने जिल्ला पार्टीको अधिकार क्षेत्र भित्र पर्दैन ।नेपाल सरकारबाट अनुमति प्राप्त बिक्रेताबाट खरिद गरिएको सामानको गुणस्तर र कानुनी बैधता/ मान्यतामाथी शंका उठेमा वा नेपाल सरकारमा सुचिकृत भएको नपाईएमा त्यसको सम्पुर्ण जवाफदेही बिक्रेता कम्पनी नै हुनुपर्छ भन्ने तर्फ जिल्ला प्रशासन कार्यलय रामेछापको ध्यानाकर्षण एमालेले गराएको छ।

काेभिड १९ को यस महामारिमा नेकपा एमाले जिल्ला कमिटी रामेछाप मार्फत अक्सिजन ग्यास सिलिन्डर, पिपिइ सेट, एन्टिजिन किट लगायत विविध स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराई रोग संक्रमित बिरामीहरुको उपचारमा सहयोग पुर्याउनु हुने एमाले नेता रत्न प्रसाद गौतम , नेकपा एमाले रामेछाप – काठमाडौ सम्पर्क मन्च, पालिका सम्पर्क मन्चहरु र राष्ट्रिय युवा संघ नेपाल, रामेछाप लगायत सबैलाई एमालेले धन्यवाद दिदै महामारी नियन्त्रण गर्ने र जनताको जीवन सुरक्षित राख्नको लागि सहकार्य र सहयोगको अपेक्षा सम्बन्धित सबैसग एमाले रामेछापले जिल्ला कमिटीले गरेको छ।

प्रतिक्रिया दिनुहोस