• २०८२ बैशाख ७ गते आइतवार

थप ४८३१ सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाभाइरसका चार हजार ८३१ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १२ हजार ५९७ जनाको आरटीपीसीआर परीक्षण गरिएको हो । पछिल्लो चौबीस घण्टामा ९६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ । एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा पोजिटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस