चैत १६, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी हिरासतमा रहेका थुनुवाहरूसंगै होली मनाएका छन् । हिरासतमा रहेका सबैलाई टिका र रङ्ग लगाइदिदैं अबका दिनमा असत्यमाथि सत्यको जित भएको यस पनवन अवसरमा आफ्नो मनमा रहेको नराम्रो भावना फालेर राम्रो कामको सुरुवात गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिदैं थुनुवाहरुसँग होली खेलेका हुन ।
होली रङ्गहरूको चाड हो यस दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाए जस्तै जिवनलाई रङ्गिन बनाउन लाग्ने सबैलाई प्रेरणा मिलोस भन्दै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले काठमाडौं प्रहरी परिसरका सम्पुर्ण कर्मचारी लगायत प्रहरी हिरासतमा रहेका थुनुवाहरूसंगै होली मनाएका हुन । हिरासतमा रहेका सबैलाई टिका र रङ्ग लगाइ शुभकामना दिदै वरिष्ठ उपरिक्षक सिंहले पुरानो कटुता समाप्त गरेर सबैले दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्नुपर्छ रिसिवी भुल्नुपर्छ भन्ने कुरा समेत व्यक्त गर्नुभयो ।