• २०८१ असार ३ गते आइतवार

स्याङ्जामा बस दुर्घटना हुँदा ८ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६,स्याङ्जा । स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा बस पछाडि हट्न गई सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताए । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका– १३ बस्ने सावित्रा गैहे, सातुमा खातुन, निजकी १० वर्षकी छोरी अफ्रिया खातुन, भीरकोट–१ कै मजबुन मियाँ, निजका तीन वर्षका छोरा महम्मद मियाँ, निजकी छोरी महबुदा खातुन, भिरकोट–१ कै १४ वर्षीया जदिदा खातुन र पुतलीबजार १० बस्ने २७ वर्षीया फालिदा बेगम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस