• २०८१ असोज १९ गते शनिवार

नेकपाको आधिकारिकता विवाद टुंगियो: नेता नेम्वाङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौँ। संविधानसभा अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंगीएको बताएका छन् । नेता नेम्वाङले निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेकोले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानुनी विवादनै नरहेको बताएका हुन् ।

नेता नेम्वाङले भने, ‘आधिकारिकताको कुरा अब सकियो । हाम्रा केही साथीभाइहरु मनमनै आत्तिएर के बोल्दै हिड्नुभएको छ । तर नेकपा विभाजन भएको छैन भन्ने हाम्रो मान्यता नै आयोगले स्थापित गरिदिएको छ । अब केपी ओलीको आधिकारिक हस्ताक्षरसहित नेकपा दल दर्ता हुन्छ ।’ ‘हाम्रा साथीभाइ ४४१ जनालाई आयोगले मान्यता दियो अब हामी नै हौं भन्दै हिड्नुभएको छ ।

आयोगले त केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाईनै मान्यता दिएको हो । अब उहाँहरुलाई चित्त नबुझे अर्को दल दर्ता गर्न जान सक्नुहुन्छ ।विवादको टुंगो लागि सकेको भन्दै उनले संविधान र कानुनको दफा तोकेर आयोगले निर्वाचन तयारीका लागि छलफलका लागि बोलाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस