माघ १६, बुटवल। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश अन्तर्गत बिभिन्न जिल्लाको नेतृत्व हेरफेर गरेको छ । नेकपा लुम्बिनी प्रदेशको बिहीवार बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गतको १० जिल्लाको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो ।
नयाँ नेतृत्व:
दाङ– संयोजक : हुकुमबहादुर बस्नेत
सचिव : मनोहर बुढाथोकी
रुपन्देही-संयोजक : शिवराज सुवेदी
सह संयोजक : तेजेन्द्र केसी
सचिव : अनुप बराल
बर्दिया– संयोजक : लालबहादुर श्रेष्ठ
सह संयोजक : शालिकराम अधिकारी
सचिव : पदम ढकाल
अर्घाखाँची– संयोजक : चेतनारायण आचार्य
सचिव : तोजबहादुर रायमाझी
कपिलवस्तु– संयोजक : झविलाल पोखरेल
सह संयोजक : डम्मर शर्मा
सचिव : धर्म भुसाल
बाके– संयोजक : सूर्य ढकाल
सहसंयोजक : किस्मत कक्षपती
सचिव : प्रमोद धिताल
गुल्मी– संयोजक : मधुकृष्ण पन्त
सहसंयोजक : बालसिङ काउछा
सचिव : धर्मबहादुर बिक
पाल्पा– संयोजक : नारायणप्रसाद आचार्य
सचिव : ओमबहादुर घर्ती
प्युठान– संयोजक : तुल्सीराम शर्मा
परासी– संयोजक : दिपेन्द्र अधिकारी