• २०८१ असोज २२ गते मङ्गलवार

रेडपाण्डाको छालासहित सेना र प्रहरीका कर्मचारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौँ । दुलर्भ वन्यजन्तु रेडपाण्डाको छालासहित नेपाली सेना र नेपाल प्रहरीका तीन कर्मचारीलाई पक्राउ गरेको प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएको छ । एक जना सर्वसाधारण पनि पक्राउ परेका छन् ।

अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा सेनाका हवल्दार निरबहादुर घले, प्रहरीका कार्यालय सहयोगी (प्रकाश) मोहन कर्ण कार्की, कृष्ण तामाङ र सर्वसाधारण सुरेश गिरी छन् । उनीहरुको साथबाट रेडपाण्डाको चार वटा छाला बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस