• २०८१ असार ३ गते आइतवार

करेन्ट लागेर मृत्यु एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, बुटवल । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण बुटवलका कर्मचारी बसन्त भुसालको मृत्यु भएको जनाएको छ ।

अर्घाखाँची घर भएका ४३ वर्षीय भुसालको उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लाग्दा भवन निर्माणमा दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस