• २०८१ चैत्र १३ गते बिहिवार

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १२ भोजपुर ।  षडानन्द नगरपालिका–९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।

बुद्धिमानले शुक्रबार राति २८ वर्षीया इन्द्रकलालाई खुकुरी प्रहार गरी हत्या गरेर आफूले पनि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आमालाई खुकुरी प्रहार गरेको देखेपछि आठ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए। घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको र बुद्धिमानको खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस