असार १४,दाङ । कोरोना महामारी बढिरहेको भन्दै लकडाउनको बेला नियम मिचेर अटो रिक्सा चलाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अटो रिक्साहरु नियन्त्रणमा लिएको छ ।
लकडाउन उलंघन गरेर अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभएको छ ।
सरकारले लकडाउनका बेला अत्यावस्यक बाहेकका सवारी चलाउन रोक लगाएको बेलामा यात्रु बोकेर चलाएको भन्दै नियम उल्लंघन भएको भन्दै नियन्त्रणमा लिनु परेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले बताए ।
लकडाउनमा भीडभाड हुने गरी अटो चलाएको,मनपरी यात्रु ओसारेको तथा सवारी चालक अनुमति बिना सवारी चलाएको भन्दै दाङ ट्राफिकले चलाउन रोक लगाइएको थियो ।