• २०८१ असार ३ गते आइतवार

लागूऔषधसहित तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौँ। काठमाडौँको टेकुस्थित कालोपुल नजिकैबाट लागूऔषधसहित तीनजनालाईप्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल डाइजेपाम, ३० एम्पल फेनारगन, ३० एम्पल नुफिन, दुई बोतल कोरेक्स बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस