पौष १२, नवलपरासी । पश्चिम् नवलपरासीमा लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकाको समयमा गोप्य सुचनाको आधारमा भुमही परासी सडक खण्डको रामग्राम नगरपालिका वडा नं. ११ रानीपाकड स्थितमा चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा लागु औषध फेला परेको हो ।
मोटरसाईकल चालक जिल्ला नवलपरासी (पुर्व) कावासोती नगरपालिका वडा न. ९ मिलनचोक बस्ने वर्ष १९ को सुदिप सुनार र मोटरसाइकल पछाडी सवार कावासोती ३ स्मृती टोल बस्ने वर्ष १९ को निश्चल घिमिरेको साथमा ८ सय ५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको हो ।
साथै सोही मोटरसाइकलसंगै बा. प्र. ०२-०३० प ६२३९ नम्बरको मोटरसाइकलमा सवार जिल्ला कालिकोट खडाचक्र नगरपालिका वडा न. ४ बस्ने वर्ष २२ को बिमल शाही र सोही ठाउँ बस्ने वर्ष २२ को रमेश अधिकारी समेत नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।