• २०८१ फाल्गुन ७ गते बुधवार

भारतको नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, काठमाडौं। कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो ।

हिजो दिल्लीमा २ सय ९० जना नयाँ सङ्क्रमित भेटिए पछि र सङ्क्रमित एक जनाको मृत्यु भएपछि सरकारले रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो । भारतमा अहिलेसम्म चार सयभन्दा धेरैमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस