• २०८१ फाल्गुन ७ गते बुधवार

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११,दैलेख। दैलेखमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार पीडित किशोरीकी आमाले गत बिहीबार उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको छ । उक्त पुरुषले नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमा पारी जबरजस्ती यौन हिंसा गर्ने गरेको पाइएको छ । बाबुबाट यौन हिंसाको शिकार भएकी ती बालिका ‘डिप्रेशन’को शिकार भएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस