मंसिर ११ गते,थबाङ । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को ऐतिहासिक प्रथम सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सह-ईन्चार्ज कुल प्रसाद के सी (सोनाम) को प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनको प्रमुख अतिथि सोनामले ब्यानर पढेर उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहमा रोल्पा जिल्ला संस्थापक सूर्यलाल बुढा, जिल्ला समन्वय समिति सदस्यहरु वीर बहादुर घर्ती, ऋषीकेशव बुढा (सविन), रामकिरणी रोका, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंङ वि.क, रोल्पा काठ्माण्डौ सम्पर्क मञ्चका अध्यक्ष जिवन रोका, वाईसिएल स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, वाईसिएल केन्द्रिय कमिटी सदस्य दिपक रोका, वाईसिएल लुम्बिनी प्रदेश सदस्य किशोर बुढा, वाईसिएल लुम्बिनी प्रदेश सदस्य खेम बुढा मगर, अनेरास्ववियु क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य बिनोद बुढामगर लगायतको अतिथ्यता रहेको कार्यक्रममा पाँचवटै वडाका करिव ६०० कार्यकर्ताको उपस्थिति रहेको थियो ।
रामकिरणी रोकाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी सोनामले माओवादीबाट छुट्टीएर, नयाँ स्थापना गरेर धेरै पार्टीहरु भएका छन्, जुन नराम्रो होईन तर थबाङको पहिचान सारा विश्वमा माओवादी भनेर परिचित भएकाले जुनसुकै पार्टीमा लागेपनि माओवाद छोड्नु हुदैन भनेर आग्रह गर्नु भएको छ । माओवादीको अन्तिम लक्ष्यमा पुगिनसकेको र माओवादको लक्ष्यमा पुग्नका लागि सम्पूर्ण क्रान्तिकारी पार्टीहरु एकिकृत हुन आवश्यक रहेको र यसका लागि पहल भईरहेको बताउनु भएको छ । प्रमुख अतिथीले असल नेतृत्वको चयनका साथै भव्य र सभ्यका साथ सम्मेलन सम्पन्न गर्नका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
समारोहमा अतिथीहरु सूर्यलाल बुढा, वीर बहादुर घर्ती, जितेन्द्र पुन ले पनि शुभकामना व्यक्त गरेका थिए । समारोहकै बिचमा १ नं वडा सदस्य जित कुमारी वि.क सहित ४२ जनालाई प्रमुख अतिथीले पार्टी प्रवेश गराएका थिए । नेकपा माओवादी केन्द्र थबाङ गाउँपालिका कमिटी सचिव पुन बहादुर वि.क को संचालन रहेको कार्यक्रमको अध्यक्षता गाउँ कमिटि अध्यक्ष रामधन पुन सौभाग्यले नयाँ सदस्यहरुलाई स्वागत गर्दै सभ्य तरिकाले उद्घाटन समारोह सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरेका गर्नु भएको छ ।
उद्घाटन समारोहको समापन सँगै थबाङ स्थित सामुदायिक भवनमा बन्द सत्र सुरु भएको छ ।
हेर्नुहाेस फाेटाेफिचर :