• २०८१ जेष्ठ ३१ गते बिहिवार

थप ६७२ कोरोना सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ मा सङ्क्रमित देखिएका छन् । मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३७५ रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८० को निधन भएको छ । त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका छन् । हाल मृत्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस