• २०८१ चैत्र १ गते शनिवार

प्रचण्ड र नेपालबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११,काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

दुई अध्यक्षको सचिवालयका अनुसार आज बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको तयारी, मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस