असोज ११, काठमाडौँ । आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।