• २०८१ माघ २ गते बुधवार

दार्चुलाबाट अवैध लागूऔषध सहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, दार्चुला । शैल्यशिखर नगरपालिका-९ नायलमा कुखुरा पसल सञ्चालन गरी बस्ने ३६ वर्षीय महेशराज बिष्टलाई ७० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले शंका लागि उनको पसल जाँच गर्नेक्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस