• २०८१ साउन १ गते मङ्गलवार

करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस