• २०८१ असोज २५ गते शुक्रवार

शिक्षा मन्त्रीको विरोधमा पुत्ला दहन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, दाङ । दाङमा शिक्षा मन्त्रीको विरोधमा पुत्ला दहन भएको छ । संयुक्त दलित युवा अभियान दाङले जातीय विभेद विरुद्ध तुलसीपुरमा प्रदर्शन गरेको हो । जातकै कारण कोठा पाउनबाट बञ्‍चित भएकी सञ्चारकर्मी रुपा सुनार माथि जातीय विभेद भएको र शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले विभेद गर्नेलाई साथ दिएको भन्दै प्रदर्शन गरिएको हो ।

त्यस कारण मन्त्री श्रेष्ठको राजीनामा माग्दै पुत्ला दहन गरिएको हो। अन्यायमा परेकालाई न्याय दिलाउनुको साटो पदको दुरुपयोग गरी विभेदलाई झनै बढावा दिने काम गरेको भन्दै शिक्षा मन्त्रीको राजीनामा मागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस