जेठ १३, काठमाडौं । तारकेश्वरमा थप कोरोना संक्रमित हुनेमा महिला २९ जना र पुरुष ३१ जना गरि जम्मा ६० जना पुगेको छ । कोरोनाको दाेस्राे भेरिएन्ट सुरू भएपछि तारकेश्वरमा कुल संकमित महिला ६७३ जना र पुरुष ८१७ जना गरि जम्मा १४९० पुगेका छन ।
कोरोनाको दाेस्राे भेरिएन्ट सुरू भएपछि सक्रिय संक्रमित महिला ४९१ जना र पुरुष ५८९ जना गरि जम्मा १०८० पुगेका छन । तारकेश्वर नगर स्वास्थ्यका अनुसार तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित आईसोलेसन केन्द्र प्राथमिक उपचार केन्द्र साङ्ग्लामा हाल उपचाररत कोरोना संक्रमित संख्या ८ जना रहेका छन । जसमा महिला ४ जना र पुरुष ४ जना रहेका छन । यस्तै डिस्चार्ज हुनेमा महिला १ जना र पुरुष ४ जना रहेका छन ।
तारकेश्वरमा पछिल्लो चौबिस घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । कोरोनाको दाेस्राे भेरिएन्ट सुरू भएपछि हालसम्म कोरोनाबाट मृत्यु हुनेमा महिला १५ जना र पुरुष १६ जना गरि जम्मा ३१ जना रहेका छन ।