जेठ १३,काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेशप्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ । कैलाली जिल्ला निवासी स्वर्गीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुनुहुन्थ्यो । उहाँको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उहाँले भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।