• २०८१ फाल्गुन ५ गते सोमवार

बेसहारा बालबालिकाहरुको उद्वारमा दाङ एसपी चंन्द र डिएसपी सिंह

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, दाङ । तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्वार गरिएको छ । आश्रम सञ्चालक विरुद्ध बलात्कार उजुरी परेपछि आश्रममा रहेका अन्य बालिकाहरुलाई समेत सुरक्षा खतरा बढेपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दको निर्देशनमा उनिहरुलाई उद्वार गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बिजोरीमा रहेको आश्रममा रहेका ६ जना बालिका र ९ जना बालकलाई शुक्रबार आश्रमबाट उद्वार गरिएको छ । बालिकाहरुलाई तुलसीपुर उपमहानगरपालिकाको सेफ हाउसमा राखिएको छ भने बालकहरुलाई उनिहरुले पढ्दै आएको पब्लिक ज्ञानज्योती माविमा बस्ने ब्यवस्था मिलाईएको छ ।

साथै प्रहरीले आश्रममा रहेका बालिकाहरुमाथि सञ्चालकबाट भएको ब्यवहारबारे अनुसन्धान थालेको पनि छ । प्रहरीले त्यहाँ रहेका बालबालिकाहरुलाई सञ्चालक चौधरीले गरेको ब्यवहार बारे सोधपुछ गरेको हो ।अहिले सम्मको सोधपुछका क्रममा आश्रमका बालबालिकाहरुले भनेको कुरा भन्न नमिल्ने भन्दै डिएसपी सिंहले यो विषय अहिले अनुसन्धानकै क्रममा रहेको बताए आरोपित चौधरी भने फरार रहेका छ्न।

https://khabar24nepal.com/03/26/2021/66758/

https://khabar24nepal.com/03/26/2021/66851/

https://khabar24nepal.com/03/27/2021/66924/

प्रतिक्रिया दिनुहोस