• २०८१ असोज २० गते आइतवार

हराउने छु म – प्रिया नेपाली

प्रिया नेपाली पढ्न लाग्ने समय : १ मिनेट

 हराउने छु म

आफूले आफुलाई गुमाए पछि,
जिन्दगीबाट हार खाएर
निसास्सिएँका सपनाहरुलाई,
फासी चढाउँदै,
हो ….!

म हराउने छु एक दिन ,
नखोज्नु है त्यो पल मलाई
फेसबुक,इनिष्टा र ट्विटरका
भित्ताहरुमा मेरा नाम लेखी,
सर्च पनि नगर्नु है ,
निकै टाढा पुगी सकेको हुनेछु म,
तिमी अनी तिम्रो दुनियाँबाट थाहा छ किन ??

किन की मलाई महसूस भैसकेको हुनेछ
तिमी अनि तिम्रो दुनियाँको लागि,
तिमी र तिमी जस्तै तिम्रा ति आफन्तको लागि
म सुशील र संस्कारी बुहारी होइन ।
अनी त…!

किन बस्नु ..???
तिम्रो बसन्तमय जिन्दगीमा,
खाली एक मात्र बोझ भएर ,
त्यसैले त…….!

म हराई सकेको हुनेछु ।
तिमी अनी तिम्रो दुनियाँबाट केही पर
तिमीले नदेख्ने, नभेट्ने ठाउँमा
तर…..!

म तिमीलाई नियाली रहेको हुनेछु ।
तिम्रो छायाँ बनेर,
कहीले अघि, कहीले पछि
तिम्रै वरिपरि,
तिमिले महसुस गर्ने तिम्रै अद्रिष्य माया बनेर ।
हो म हराउने छु,
एक दिन…!
आफ्नो जिन्दगीसँग हारेर ।
हो आफु आफैंसँग हारेर ।

प्रतिक्रिया दिनुहोस