फाल्गुन १५, चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष संसद्को आह्वानका लागि सिफारिस गरिसकेको अब पहिला जसरी नै संसद चल्ने जनाएका हुन ।
राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनले बताएका छन । उनका अनसार पहिले जसरी संसद् चलेको थियो त्यही अनुसार संसद् चलेपछि दलहरुबीच छलफल र समझदारी पनि बढ्छ । राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो ।
संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए ।