• २०८२ बैशाख ७ गते आइतवार

सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिम फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस११, काठमाडौं । साविक विजेता नेपाल बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम लिग खेलअघि नै फाइनलमा स्थान पक्का गरेको हो

। नेपालले यसअघि श्रीलंकालाई ३(२ को सेटमा हराएको थियो भने माल्दिभ्स र बंगलादेशलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पहिलो सेट २५ः२० ले जित्दै अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट नेपालले २५ः२३ ले जित्दै खेलमा २ः० को अग्रता बनायो । २३ः२३ को अवस्थामा पुगेको अवस्थामा नेपालले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेट पनि २५ः१४ ले जित्दै नेपालले सोझो सेटमा खेल जितेको हो ।चौथो जितपछि नेपाल ११ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । श्रीलंका १० अंकसहित दोस्रो स्थानमा छ । पहिलो हारपछि उज्वेकिस्तान ९ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

आइतबारै भएको खेलमा श्रीलंकाले घरेलु टोली बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकालेको छ ।

अब सोमबार श्रीलंका र उज्वेकिस्तानबीच हुने खेलको विजेता फाइनल प्रवेश गर्नेछ । नेपालले सोमबार लिगको अन्तिम खेल कीर्गिस्तानसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस