मंसिर १०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने दाबी गरेका छन् । १०औं हजार पूर्वलडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उनले बताए ।
चितवनमा आयोजित एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा ओलीले आफ्ना लडाकुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका थिए ।
ओलीले भने, ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न रु किन घाइतेहरूको उपचार हुँदैन रु किन झूटा मुद्दा खारेज हुँदैन रु किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन रु मन परेका मान्छेलाई १०र१० हजार बाँडेर यो समस्या समाधान हुन्छ रु’
उनले थपे, ‘हिजो प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । आज प्रधानमन्त्री नभए पनि सरकार मेरै कठपुतली हो, म नचाइदिन्छु भन्नुहुन्छ । पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका ।’
महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने भन्दै अलमलमा परेर माओवादीमा लागेकाहरुई एमालेमा आउन आह्वान गरे । ‘हिजो केका लागि बलिदान दिनुभएछ देखिहाल्नुभयो । कसलाई मेयर बनाउन रहेछ । कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो । कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो ।’ ओलीले भने ।
‘नेकपा एमाले तपाईंहरूको पार्टी हो । हिजो गल्तीले अलमलमा पर्नुभो । अब नपर्नुस् । एमाले द्वन्द्वका घाउहरू समाप्त पार्न चाहन्छ । शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ । मलाई लाग्छ प्रधानमनत्री चाहनुहुन्छ भने पनि अहिलेको सरकारले सक्दैन । यो हामी गर्नेछौं ।’