मंसिर १०, काठमाडौं। नेपाल बार एशोसिएशन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ । बारको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने १७ वटा कारण प्रस्तुत गरे पनि दलको मौनताले प्रधानन्यायाधीश निरङकुश बन्ने बाटोमा लागेको भन्दै ध्यानाकर्षण गराएको हो ।
जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनसँग यसबारे छलफलपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् । भेटपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, “प्रधानन्यायाधीशलाई के कारण हटाउनु आवश्यक छ भनेर हामीले कारणसहित प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरार्यौं,” “प्रधानमन्त्रीज्यूले त्यस विषयमा सत्ता गठबन्धनभित्र छलफल गरेर प्रतिक्रिया दिने भन्नुभएको छ ।”