• २०८१ फाल्गुन ५ गते सोमवार

उदयपुर क्षेत्र नं १ मा खगेन्द्र राई र २ मा रामकुमार राई विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १०,उदयपुर । नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी हुनुभएको छ ।

क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहनुभएका खगेन्द्र आफ्ना प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतको अन्तरले पराजित गरी ३४४ मतसहित क्षेत्रीय सभातिमा विजयी हुनुभएको छ । यस्तै सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कटेल र बेचु चौधरी विजयी हुनुभएको कांग्रेसले जनाएको छ ।

यस्तै क्षेत्र नं २ मा क्षेत्रीय अध्यक्षमा रामकुमार राईले प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गर्दै ३१९ मत प्राप्त गर्नुभएको कांग्रेसले बताएको छ । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी हुनुभएको छ भने सहसचिवमा कदमबहादुर कटवाल विजय हुनुभएको कांग्रेसका प्रवक्त मदनराज कटुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस