कात्तिक ९, कोरिया । दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उहाँको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो ।
पूर्व सेना प्रमुख समेत रहनु भएका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बन्नु भएको थियो ।उहाँ राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकार्नु पनि भएको थियो । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता हुनुहुन्थ्यो । उहाँको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो ।