• २०८१ माघ २ गते बुधवार

देशभर ६ सय २२ जना संक्रमण मुक्त, ६ सय ६६ जनामा संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ९ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा ६ सय २२ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३७२ पुगेको छ।

कूल निको हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १० हजार २ सय ९८ र एन्टीजेनबाट ९४ हजार २ सय १५ पुगेको छ।

नेपालमा हाल १० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस